Advertisement

मुख्यमन्त्री राउत द्वारा बिरगंजमा २ वटा मन्दिरको शिलान्यास

न्युजडेस्क
२०७८ कार्तिक २२, सोमबार १६:४२

बिरगंज , कार्तिक २२ गते । प्रदेश न २ का मुख्यमन्त्री लालबावु राउतले पर्सा जिल्लाको बिरगंजमा एकै दिन २ वटा मन्दिरको शिलान्यास गर्नु भएको छ ।

मुख्यमन्त्री आफ्नो निर्वाचन क्षेत्र बिकास अन्तर्गत मन्दिर निर्माण गर्न शिलान्यासको लागि पर्सा पुग्नु भएको मुख्यमन्त्री लालबाबु राउतले हिन्दु परम्परा अनुसार शिलान्यास गर्नु भएको हो ।

शिलान्यास गरिएको योजनाहरुमा बिरगंज- १६ नगवा पोखरीको डिलमा रहेको बौधीमाई मन्दिर र त्यही वाडा मा पर्ने इनर्वा टोलमा शिव मन्दिरको शिलान्यास गर्नु भएको छ।

उक्त शिलान्यास समारोहमा विशिष्ट अतिथि विरगंजका मेयर विजय सरावगी, जसपा केन्द्रीय सदस्य बालकिशोर , प्रदेश समिती सदस्य गौरीशंकर साह, जिल्ला अध्यक्ष रामनरेश यादव, मौलाना नुरुलहोदा, संघिय परिषद सदस शेख समिर, सचिव तबरेज अहमद, इकाई अध्यक्ष अरुण यादव, पिन्टु उपाध्यया, लगायत सहभागी रहेका थिए।

शिलान्यास कार्यक्रमको अध्यक्षतामा बौधीमाई क्षेत्र विकास संचालन समितीका अध्यक्ष रामाधार चौरसिया, त्यसैगरी बौधीमाई क्षेत्र विकास संचालन समितीका उपाध्यक्ष अशोक पटेल, कोषाध्यक्ष मुना साह, सचिव रविन्द्र श्रीवास्तव कार्यक्रम लाई अमोद यादवले सहजीकरण गरेका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर