Advertisement

प्रदेश सांसद यादवद्वार निशुल्क स्वास्थ शिविर

न्युजडेस्क
२०८० पुष २७, शुक्रबार १७:५२

जनकपुरधाम, पुस २७ गते । ग्रामीण क्षेत्रमा स्वास्थ सेवा पहुच बढाउने उदेश्यले धनुषा ,शहिदनगर नगरपालिकाको वार्ड नं ५ को सिमरापटीमा निशुल्क स्वास्थ शिविरको अायोजना गरिएको छ।
प्रदेश सांसद रामअशिष यादवको समन्वय र जानकी मेडिकल कलेज रमदैया भवाडीको सहयोगमा गरिएको निशुल्क स्वास्थ शिविरमा सेवाग्राहीहरुले अांखा,नाक कान घाँटी,चर्मरोग,प्रसुती रोग,हाडजोर्नी सहितका रोगहरुबाट निको हुन लाभ लिए का छन।
डा निरन्जन कुमार गोईतको संयोजनमा सम्पन्न भएको निशुल्क स्वास्थ शिविरमा शहिदनगर नगरपालिकाका वार्ड नं ५ बासुदेवपटी,सिमरापटी,पचहार्वा,कटी,बिर्ता सहितका गाउँका ५ सय जना भन्दा बढि रोगिहरुले लाभ लिएको कुरा समाजसेवी पुर्व शिक्षक पुरुषोत्तम कर्माचार्य ले जानकारी दिएका छन।
सो अवसरमा प्रदेश सांसद रामअशिष यादव ,जानकी मेडिकल कलेज का निर्देशक डा भिम दत्त जोशी,जसपा क्षेत्रिय अध्यक्ष उमेश निराला ,वार्ड अध्यक्ष सुरेश कापर,समाजसेवी पुर्व शिक्षक पुरुषोत्तम कर्माचार्य ,समाजसेवी मथुरा मंडल,जसपा वार्ड समिति अध्यक्ष राम मुखिया,बौऐलाल पासमान,रामदयाल माझी,शितल साह,त्रिभुव साह,धनेश्वर साह सहितको उपस्थित रहेका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर