Advertisement

महोत्तरी: पुर्व राज्यमन्त्री कुशवाहाले गरे कुलो निर्माण तथा पैनी जिर्नोधार कार्यको शिलान्यास

न्युजडेस्क
२०८१ बैशाख २४, सोमबार २०:०३

महोत्तरी, बैशाख २४ गते। मधेश प्रदेश सरकारको पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले एक बिच कार्यक्रम कुलो निर्माण तथा पैनी जिर्नोधार कार्यको शिलान्यास गरेको छ।

महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अतिथिमा आज एक कार्यक्रमका बीच रामगोपालपुर नगरपालिका वाडा न ९ गोठामा कुलो निर्माण तथा पैनी जिर्नोधार कार्यको शिलान्यास भएको हो।

शिलान्यास गर्दै पुर्व राज्यमन्त्री कुशवाले भने कुलो निर्माण भएपछि सोचे अनुसार खेतीबाट उब्जनी हुने यस अघि जसो तसो खनेर बनाएको कुलोले खेत सिँचाइ गर्न किसानहरु बाध्य भएका थिए। रामगोपालपुर नगरपालिका ९ मा खेत गर्ने किसानको पीडा थियो। तर अहिले सिँचाइ कुलो निमार्ण भए पछि त्यहाका किसानहरुलाई विभिन्न किसिमको खेती गर्न सहज हुने उहाँले बताउनु भयो।

उक्त शिलान्यास समारोहमा वि.अ. वडा अध्यक्ष नागेश्वर प्रसाद यादव, जनता समाजवादी पार्टी नेपालका, नेता पन्चलाल महतो, बिजय यादव, कृष्णदेव यादव, दिपेन्द्र ठाकुर, हरि नारायण महतो, ने.क.पा.एमालेका स्थानीय नेता सजय यादव साथै नागरिक समाजहरूको उपस्थितिमा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर