Advertisement

PAN प्रधानाध्यापकहरुको जिल्ला अधिवेशन

न्युजडेस्क
२०८१ जेष्ठ १२, शनिबार २१:२७

जनकपुरधाम जेष्ठ, १२ गते। मधेस प्रदेशका सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाद्वारा PRINCIPALS ASSOCIATION OF NEPAL(PAN) को प्रधानाध्यापकहरुको जिल्ला अधिवेशन सम्मेलन कार्यक्रम उद्घाटन गर्नुभएको छ।

महोत्तरीको रामगोपालपुर नगरपालिकामा PAN को महोत्तरी जिल्लाको कोर्डिनेटर एवम् मा. बि खुट्टाको प्र.अ फुल्गेन यादवको अध्यक्षतामा आयोजना गरेको PRINCIPALS ASSOCIATION OF NEPAL(PAN) को प्रधानाध्यापकहरुको जिल्ला अधिवेशन सम्मेलन कार्यक्रम शुरु भएको हो।

उक्त कार्यक्रमलाई प्रमुख अतिथी कुशवाहाले प्रधानाध्यापकहरुको उपस्थितिमा दिप प्रजलन गरि कार्यक्रमको उदघाटन गर्नु भएको थियो। प्रमुख अतिथिको आशिनबाट कुशवाहाले PAN लाई हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको छ।

कार्यक्रमको बिशिस्ठ अथितिको रुपमा PAN को मधेश प्रदेशको सदस्य सचिब गौरिशन्कर चौधरी र PAN को मधेश प्रदेशको सल्लाहकार भरत प्रसाद यदावको उपस्थिती रहेको थियो। साथै अथितिको रुपमा संघीय शिक्षक फोरमको जिल्ला अध्यक्ष कौशल किशोर यादवको उपस्थिती समेत रहेको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर