Advertisement

समाजवादी विद्यार्थी युनियन नेपाल धनुषा जिल्ला कार्यसमिति राम भगतको नेतृत्वमा ३१ सदस्यीय गठन

न्युजडेस्क
२०८१ भाद्र ३१, सोमबार २२:०४

जनकपुरधाम, ३१ भाद्र । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट विद्यार्थी सङ्गठनले धनुषा जिल्ला समिति विस्तार गरेको छ ।

समाजवादी विद्यार्थी युनियनको केन्द्रीय सचिव एवं इन्चार्ज बलिराम कापरीको अध्यक्षतामा बसेको भेलाले सो समिति विस्तार गरेको हो ।

भाद्र २३ गतेको बसेको बैठकले ५ सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलको संयोजक बरुणकुमार यादवको संयोजकत्वमा भाद्र २९ गते बसेको बैठकको निर्णयअनुसार विस्तारित समितिको नामावली सार्वजनिक गरिएको छ ।

समाजवादी विद्यार्थी युनियनका नेता राम भगत यादवको नेतृत्वमा ३१ सदस्यीय जिल्ला समिति गठन गरिएको छ ।

जसको उपाध्यक्षमा रितिक सिंह, कमलेश कुमार यादव, विजय लाल यादव र आशा कुमारी यादव रहेका छन् ।

समितिका सचिवमा संस्कार यादवलाई तोकिएको छ भने सह–सचिवमा प्रतिमा कुमारी पाण्डे, मुरली मनोहर राउत, विकास बैठा र विकास कुमार साह सोनारलाई जिम्मेवारी दिइएको छ । त्यस्तै कोषाध्यक्षमा अनित कुमार मण्डल चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा अनिस कुमार साह, आदित्य कुमार साह, प्रविण महतो, आकास सिंह, अमित दास, राम चरण मण्डल, रधुनन्दन यादव, आदर्श कुमार यादव, सन्जिव यादव, राजन मण्डल, राकेश कुमार शर्मा, रोहित यादव, मनोज यादव, सोमित साह, ओम कुमार दास, सुभास यादव, रमेश यादव , किसन यादव, पप्पु यादव, रवीन्द्र कुमार यादव चयन भएका छन् ।

विस्तारि समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन गरिएको युनियनको केन्द्रीय सचिव बलिराम कापरीले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर