Advertisement
☰

सुनको मूल्य १७०० रुपैयाँ घट्यो

न्युजडेस्क
२०८१ पुष ४, बिहीबार १२:४४

काठमाडौँ, पुस ०४ गते । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँ कायम भएको हो ।

यसअघि बुधबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर