Advertisement

प्रदेश नं २ लाई केन्द्र सरकारले अवहेलना गरेपनि प्रदेशले अपेक्षित विकास गरेकोः मन्त्री साह

न्युजडेस्क
२०७८ कार्तिक २६, शुक्रबार ११:०७

राजविराज, कार्तिक २६ गते । देश संघियतामा गएदेखि केन्द्र सरकार द्वारा मधेश प्रदेश अर्थात २ न. प्रदेशलाई अवहेलना गरेपनि प्रदेश सरकारले अपेक्षित विकास गरेको प्रदेश नं. २ का समाजिक विकास मंत्री नवल किशोर साहले बताउनु भयो ।
वहाँले समाजिक विकास मंत्रालयले स्वास्थ्य, शिक्षा तथा खेलकुदलाई हेरेपनि शिक्षा सम्बन्धमा स्वास्थ्य क्षेत्रमा सप्पुर्ण अधिकार केन्द्रले प्रत्याभूत नगरेपनि प्रदेश अन्तर्गत अस्पताल तथा विद्यालय भवनको यथोचित विकास तथा निर्माण कार्य समाजिक विकास मंत्रालय द्वारा भएको एक कार्यक्रम विच बताउनु भयो । सप्तरीको तिरहुत गापा वडा नं. ३ गोईठी स्थित श्री भवानी राधा आधारभूत विद्यालयमा कर्मचारी समाज सेवा समितिको प्रथम बार्षिक साधारण सभा तथा अधिवेसन कार्यक्रममा सो कुार बताउनु भएको हो ।

डम्बर नारायण गोईत यादवको अध्यक्षता तथा अरविन्द यादवले कार्यक्रम संचालन गरेको कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा. सूर्य नारायण यादव, तिरहुत गापाका अध्यक्ष हेमन्त कुमार बहडखेर यादव उपाध्यक्ष तिर्थ माया खंग, पशुपंक्षी तथा मतस्य पालनका निर्देशक जागेश्वर यादवले मंत्री साहले आफ्नो जिल्ला तथा क्षेत्रमा अपेक्षा भन्दा पनि वढी विकास गरेका कुराहरु मन्तव्यमा राख्दै सेवा समितिलाइृ शुझकामना दिएका थिए ।
कार्यक्रममा सेवा समितिका तदर्थ समितिका अध्यक्ष भोला प्रसाद यादवले प्रतिवेदन प्रस्तुत गरी संस्थामा १३९४० आयव्यय भएको जानकारी गराउँदै तिरहुत गापा अन्तर्गत जम्मा ८५६ जना कर्मचारीहरु रहेपनि हालसम्म सेवा समितिको सदस्य २५२ जना र आजिवन सदस्य ८२ जना मात्र बन्न सकेको बताउनु भयो ।

सम्पन्न कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष शिवनारायण मेहता, कोशी प्रोजेक्टका डाईरेक्टर भेलानन्द यादव, शिक्षिका अंजु कुमारी सिंह, भूपू प्रअ तथा समाजसेवी चक्रधर प्रसाद देव, ग्रीन लगरवार, रामविलास यादव लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर