Advertisement

धनुषामा बोराभित्र सडेको अवस्थामा पुरुषको शव फेला

न्युजडेस्क
२०८१ पुष ५, शुक्रबार १८:४७

धनुषा । धनुषामा एक पुरुषको शव बोरामा बाँधेर फालिएको अवस्थामा भेटिएको छ ।धनुषा प्रहरीका अनुसार मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोरामा बाँधेर फालिएको अवस्थामा बिहीबार शव भेटिएको हो ।
बोराभित्र अन्दाजी ३०/३५ वर्षीय पहिचान खुल्न नसकेको युवकको शव सडेगलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।बिहीबार दिउँसो ३ बजेतिर बोराभित्र शव रहेको प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर