Advertisement

एनपीएल विजेता जनकपुरलाई प्रधानमन्त्री ओलीले दिए बधाई

न्युजडेस्क
२०८१ पुष ६, शनिबार १८:३९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको जनकपुर बोल्ट्सलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन्।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि हात पारेलगत्तै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन् ।प्रधानमन्त्री ओलीले लेखेका छन्,‘बधाई जनकपुर बोल्ट्स्, एनपीएल उपाधि हात पारेकोमा । आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो । यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ। एनपीएलमा सहभागी सबै टिम र आयोजक तथा व्यवस्थापक सबैलाई धन्यवाद ! फेरि पनि बधाई जनकपुर बोल्ट्स् !’
प्रधानमन्त्री ओलीले शनिबार बिहान एक भिडियो सन्देश जारी गर्दै आफू एक महिना पहिल्यै तय भएको कार्यक्रमका लागि उपत्यका बाहिर जानुपरेकाले एनपीएलको फाइनल हेर्न त्रिवि मैदान पुग्न नसक्ने बताएका थिए ।खेल हेर्नका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक लगायतका उच्चपदस्त व्यक्तिहरू त्रिवि मैदान पुगेका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर