Advertisement
☰

रौतहटमा कृषि राज्य मन्त्री यादव द्वारा कक्षा ८ का छात्रालाई साईकल वितरण

न्युजडेस्क
२०७८ आश्विन १०, आईतवार २२:०३

जनकपुरधाम, असोज १० गते / प्रदेश २ सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत रौतहटको फतुवा विजयपुर नगरपालिका वार्ड न. ६ स्थित माबि पेटभर्वा, वार्ड न ४ स्थित माबि टेंग्रहा वार्ड न . ३ स्थित माबि मेवामा आइतवार कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरेको छ ।

एक समारोहका बीच जनता समाजवादी पार्टी का केन्द्रिय कार्य कारणी सदस्य गोबिन्द चौधरी, प्रदेश २ सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राई यादव, जसपाका केन्द्रिय सदस्य बिन्देश्वर यादव, बुद्धिजीवी नेता योगेन्द्र यादव, फतुवा विजयपुर नगरपालिकाको उपमेयर कान्ति देवी महतो प्रमुख प्रसाश्कीय अधिकृत प्रमोद गुप्ता जसपा नेता अमृत चौधरी, शिवपुजन यादव शिक्षक सुबोध यादव अनिल यादव लगाएत नेताहरुले छात्राहरुलाई साईकल वितरण गरेका छ्न।

साइकल वितरण गर्दै राज्य मन्त्री योगेन्द्र यादवले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको बताए । यसका लागि प्रदेश भरमा रहेका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गर्ने तयारी रहेको उनले बताए । प्रदेशका छोरीहरूलाई शिक्षित र सबल बनाउन ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई अगाडि बढाएको राज्य मन्त्री यादव जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर