Advertisement

धनुषाको जनकनन्दिनी गाउँपालिकाका कर्मचारीहरुले पेनडाउन गर्ने

न्युजडेस्क
२०८१ पुष ९, मंगलवार २०:४७

जनकपुरधाम, पुस ०९ गते । काठमान्डौँमा मधेशी समुदायसँग भएको नश्लिय विभेदको विरोधमा धनुषाको जनकनन्दिनी गाउँपालिकाका कर्मचारीहरुले एकदिन पेनडाउन गर्ने भएको छ ।
नेपाल प्रीमियर लिग हेर्न गएका मधेशी माथी काठमाडौं किर्तिपुर मैदानमा रँगभेदी तवरले बाहिर मधेशी समुदायका युवकहरुलाई खोजी खोजी कुटपिट गरेको भन्दै त्यसको विरोधमा विहिबार पेनडाउन गर्ने भएको छ ।
जनकन्दिनी गाउँपालिकाका गाउँपालिका प्रमुख दिपिनदेव यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै काठमान्डौँमा नेपाल प्रिमियर लिगको अन्तिम खेलको क्रममा जनकपुर बोल्ट्स जितेपछि सुदुरपश्चिम रोयल्सका केही उच्छृँगल समर्थकहरुले रँगभेदी गरेको आरोप लगाउँदै कारवाहीको लागि दबाब दिन एक दिन पेनडाउन गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।
विहिबार गाउँपालिकाभित्र रहेको सबै सरकारी अड्डामा कर्मचारीहरुले पेनडाउन गरी विरोध जनाउने निर्णय गरिएको हो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर