Advertisement
☰

बाल यौन दुराचारकाे आराेपमा फ्रान्सेली नागरिक पक्राउ

न्युजडेस्क
२०७७ मंसिर १६, मंगलवार १५:३१

काठमाण्डौ – बाल यौन दुराचार/शोषणकाे आरोपमा फ्रान्सका एक नागरिक पोखरा महानगरपालिका १७ काे बरौताबाट पक्राउ परेका छन् । 

१२ वर्ष, आठ वर्ष र सात वर्षका बालकलाई याैन दुरुपयाेग/शाेषण गरेकाे आरोपमा फ्रान्सका क्रिश्चियन सेर्गई हेनरी नउगारेट पक्राउ परेका हुन् । उनीमाथि आवश्यक अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यलय कास्कीमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका सूचना अधिकारी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । 

६० वर्षका नउगारेट पेसाले कम्प्युटर इञ्जिनियर हुन् । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर