Advertisement
☰

जसपा नेपालको प्रचारप्रसार विभागमा २ जना पदाधिकारी चयन

न्युजडेस्क
२०८१ पुष १३, शनिबार १६:३५

जनकपुरधाम, पुष १४ गते । जनता समाजवादी पार्टी, नेपालको प्रचारप्रसार तथा प्रकाशन विभागको बैठकले आज दुई जना केन्द्रीय पदाधिकारी चयन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र साहको उपस्थितिमा पूर्णबहादुर बस्नेत प्रमुख रहेको उक्त बैठकले उपप्रमुखमा शम्भु झा, सचिवमा देवबहादुर दुरालाई मनोनयन गरेको हो ।
जनकपुरमा सम्पन्न पार्टीको महाधिवेशन पछि प्रथम पटक बसेको प्रचार विभागको बैठकले प्रदेश, जिल्ला र पालिका स्तरमा प्रचार विभागको गतिविधिलाई अझ प्रभावकारी र व्यवस्थित गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर