Advertisement
☰

पत्रकार पुडासैनीको निधन

न्युजडेस्क
२०८१ पुष २०, शनिबार ८:४४

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । नुवाकोट घर भएका पुडासैनीको शुक्रबार राति करिब १० बजे निधन भएको हो ।अफिसको नियमित काम सकेर कोठा पुगेपछि अचानक ढलेका पुडासैनीलाई आफन्तले उपचारका लागि हेल्पिङ हन्ड्स अस्पताल, चावहिल पुर्याएका थिए। अस्पताल पुर्याउँनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
उनको मृत्युको कारण खुल्न बाँकी छ। तर, केही दिनयता उनी बिरामी रहेको आफन्तले बताएका छन् । उनलाई हृदयाघात भएको अनुमान गरिएको छ ।पुडासैनी पछिल्लो समय नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत थिए। उनले यसअघि माउन्टेन टेलिभिजन, आज तक, हिमालयन टाइम्स डेली, प्राइभ टेलिभिजन, रेडियो अन्नपूर्णमा काम गरेका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर