Advertisement

भीम रावललाई समर्थन गर्दै ५९ जनाले छाडे एमाले

न्युजडेस्क
२०८१ माघ ७, सोमबार १३:२०

काठमाडौं । नेकपा एमालेका ५९ जना नेता कार्यकर्ताले भीम रावलको मातृभूमी जागरण अभियानलाई समर्थन गर्दै पार्टी छाडेका छन्।
आज विज्ञप्ती जारी गरेर एमालेका विभिन्न विभाग र कमिटीमा रहेका ५९ जनाले एमाले परित्याग गरेको घोषणा गरेका हुन्।परित्याग गर्नेहरूमा एमालेको केन्द्रीय पर्यटन विभागका सदस्य रमेश बहादुर कुँवर,सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, दुधकला विष्ट लगायत छन्।
उनीहरूले भीम रावललाई पार्टीको संगठित सदस्यता खोस्नुलाई अध्यक्ष केपी शर्मा ओलीको स्वेच्दछाचारी र निरंकुश निर्णय भनेका छन्।भीम रावलको योगदानको अवमूल्यन गर्दै पार्टीको अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण र राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धीको पक्षमा तथा भ्रष्टाचारविरूद्ध आवाज उठाएकै कारण सदस्यता ओली समूहले खाएको उनीहरूको दाबी छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर