Advertisement

कल्चरल भिलेज मिथलेश्वर मोवाहीमा मुहदुसा उत्सव सम्पन्न

न्युजडेस्क
२०८१ माघ २६, शनिबार २२:०९

जनकपुरधाम,माघ २६ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम नजिक रहेको मिथिला बिहारी नगरपालिका को मिथलेश्वर मौवाही गाउँमा दुई दिने लाटोकोसेरो मुहदुसा उत्सव सम्पन्न भएको छ।
लाटोकोसेरो मुहदुसा सहितका चराचुरुङ्गीहरु संरक्षण मुख्य उदेश्य ले मिथिला वाईल्ड लाईफ ट्रष्ठको आयोजना मा माघ २५ गते देखि २६ गतेसम्म संचालन भएको मुहदुसा उत्सवमा देश भरिका चराचुरुङ्गी संरक्षण तथा महत्त्व क्षेत्रमा सेवा गर्ने प्रकृति रक्षक काव्य होस्पिटल जनकपुरधामका संस्थापक डा एस के सिंह ,वातावरण संरक्षण क्षेत्रमा निरन्तर समाचार लेख्ने पत्रकार विजय साह,अन्जन भण्डारी सहित १ दर्जन वातावरण संरक्षक अभियन्तालाई सम्मान गरेका छन।
मिथिला वाईल्ड लाईफ ट्रष्ठका अध्यक्ष तथा कल्चरल भिलेज का संस्थापक देवनारायण मंडलको अध्यक्ष्ाता तथा पर्यावरण योद्धा प्रदेश सांसद रामअशिष यादवको विशेष आतिथ्यमा सम्पन्न दुई दिने लाटोकोसेरो मुहदुसा उत्सव स्थानीय ग्राम बासीहरुको उल्लेखनीय सहभागिता रहेका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर