Advertisement
☰

२४ घन्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हजार नाघ्यो

न्युजडेस्क
२०७७ आश्विन १४, बुधबार १२:५०

द प्रदेश टाइम्स / जनकपुरधाम भारतमा कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु हुनेको संख्या ९७ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हजार ४९७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट एक हजार १७९ जनाकाृ मृत्यु भएको हो ।

त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६२ लाख २५ हजार ७६४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ८० हजार ४७२ नयाँ संक्रमित थपिएका हुन् । अहिलेसम्म भारतमा ५१ लाख ८७ हजार ८२६ संक्रमित डिस्चार्ज  भइसकेका छन् ।

भारत संक्रमित संख्याको आधारमा अमेरिकापछि कोरोनाबाट सबैभन्दा प्रभावित हुने मुलुक हो । अमेरिकामा अहिलेसम्म ७१ लाख ९० हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।

कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा भने भारत तेस्रो स्थानमा छ । अमेरिकामा दुई लाख पाँच हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको छ भने ब्राजिलमा एक लाख ४२ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर