Advertisement

एमाले धनुषामा चरम विवादका कारण १६ पालिकामा अधिवेशन हुन सकेन

न्युजडेस्क
२०७८ कार्तिक १२, शुक्रबार ०९:२५

जनकपुरधाम । नेकपा एमाले धनुषामा चरम विवाद देखिएको छ । विवादका कारण १६ पालिकामा अधिवेशन हुन सकेको छैन् ।

कात्तिक ९ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाण्डुस्थित केन्द्रीय कार्यालयबाटै भर्चुअल माध्यमबाट ७५३ वटै पालिकाको अधिवेशन उद्घाटन गरेको भनिएको थियो । तर सो दिन धनुषाका २ पालिकाले मात्र अधिवेशन गर्यो । १६ पालिकाको अधिवेशन अभैm अनिश्चित छ । एमाले धनुषा अध्यक्ष राजकिशोर यादवले बटेश्वर गाउँपालिका र मिथिला नगरपालिकामा अधिवेशन सम्पन्न भएको बताए । उनका अनुसार बटेश्वर गाउँपालिका अध्यक्षमा रामखेलावन महतो निर्वाचित भएका छन् ।

उनको अध्यक्षतामा ६५ सदस्यीय कार्य समिति चयन गरिएको छ । यस्तै मिथिला नगरपालिकामा दीपक थापालाई अध्यक्ष बनाइएको छ । थापाको संयोजकत्वमा ७५ सदस्यीय कार्य समिति चयन भएको बताइएको छ । बटेश्वर र मिथिला बाहेकका पालिकामा अधिवेशन गर्ने तयारी भइरहेको जिल्ला अध्यक्ष यादवले जानकारी दिए । केही वडामा पनि अधिवेशन नभएका कारण पालिकाको अधिवेशन ढिलो हुने देखिएको छ । धनुषामा १६९ वडा छ, जसमध्ये १३० वडामा मात्र अधिवेशन सम्पन्न भएको छ ।

३९ वडामा विवाद देखिएको छ । ती वडाहरुका अधिवेशन अनिश्चित बनेको छ । केही वडाको अधिवेशन नभएको, सदस्यता नवीकरण नभएको जस्ता प्राविधिक समस्याले पालिका अधिवेशनमा ढिलाई भएको जिल्ला अध्यक्ष यादवले बताए । उनले भने, ‘केही प्राविधिक कठिनाइले १६ पालिकाको अधिवेशन हुन सकेन् , छिट्टै अधिवेशन हुन्छ ।’

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर