Advertisement

समाजिक विकासका आधारशिला नै शिक्षा :प्रदेश सांसद यादव

न्युजडेस्क
२०८१ फाल्गुन ४, आईतवार १८:३९

जनकपुरधाम,फाल्गुन ४ गते । मधेश प्रदेशको राजधानी जनकपुरधामको विद्यानगर टोलमा संचालित न्यु लाईफ ईग्लिश बोर्डिङ स्कुल ले १३ ओैं वार्षिकोत्सब समारोह का शिक्षा प्रेमि प्रदेश सांसद रामअशिष यादवले शुभारम्भ गरेका छन।
सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद यादवले समाजिक विकासका आधारशिला नै शिक्षा रहेको कुरा बताएका छन।
विद्यालयका संस्थापक ब्रम्हाकुमार हेमनारायण शर्माको अध्यक्ष्ाता र शिक्षा प्रेमि प्रदेश सांसद रामअशिष यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम सहभागी अधिकांश वक्ताहरूले समृद्धिको प्रवेशद्वार शिक्षा रहेकोले शिक्षाको विकासका लागि राज्य ,शिक्षक,अभिभावकहरु सामुहिक रुपमा सार्थक प्रयास गर्ने कुरामा जोड दिएका छन।
सो अवसरमा विद्यालयका प्रिन्सिपल नागमणि शर्मा ,बरिस्ठ पत्रकार प्रेमचन्द्र झा,प्याब्सन का नगर अध्यक्ष रविन्द्र चौधरी ,किडि कन्भेन्ट स्कुल का प्रिन्सिपल बिमल साह,प्रहरी नायब निरक्षिक प्रमोद महतो,समाजसेवी रामभगत यादव सहितका वक्ताहरूले शिक्षाको महत्त्व माथि प्रकाश पारेका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर