Advertisement

पत्रकार महासंघको ६७औं स्थापना दिवसमा वृक्षारोपन

न्युजडेस्क
२०७८ चैत्र १६, बुधबार १०:३७

जनकपुरधाम चैत्र १६ गते। नेपाल पत्रकार महासंघकाे ६७ अाैं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ प्रादेशिक कार्य समिति मधेस प्रदेशले वातावरण संरक्षणको सन्देश दिदै जनकपुरधामकाे विसहारा पाेखरी को किनारमा वृक्षारोपण गरेका छन्।

मधेस प्रदेश नीति अायोगका उपाध्यक्ष प्रा डा. भाेगेन्द्र झाको विशेष उपस्थिति र नेपाल पत्रकार महासंघ मधेश प्रदेश का अध्यक्ष राजेश कुमार कर्णको संयोजनमा सम्पन्न कार्यक्रममा पर्यावरण योध्दा प्रदेश सभा प्रदेश सांसद राम अशिष यादब, वृक्ष मानव सुरेश शर्मा, वनस्पति अनुसन्धान केन्द्र धनुषाका प्रमुख ताहिर हुसैन, जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद, अभियन्ताहरु बैद्यनाथ चाैथरी, हरिकान्त मिश्र, जगदीश साह सहित को सहभागिता रहेकाे थियाे ।

यसैगरी सो कार्यक्रममा महासंघ मधेश प्रदेश का उपाध्यक्ष ज्याेति झा, सदस्य कैलास दास, हदिस खुद्दार, बरुणा कर्ण, नेपाल पत्रकार महासंघ धनुषाको पुर्व अध्यक्ष अशोक राैनियार, वरिष्ठ पत्रकार बीएम खनाल, सुजित झा, पुरन गुप्ता, सुभाष कर्ण र संजय साहका पत्रकार र पर्यावरण योध्दाहरुले वृक्षारोपन गरेर स्थापना दिवस मनाएका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर