Advertisement

जसपा नेपाल निकट १५ सदस्यीय केन्द्रीय खेलकूद महासंघ गठन

न्युजडेस्क
२०८१ फाल्गुन १७, शनिबार १९:३२

काठमाडौं १७, फागुन । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी खेलकूद महासंघ केन्द्रीय तदर्थ समिति गठन भएको छ । शनिबार जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा आयोजित भेलाले १५ सदस्यीय समाजवादी खेलकूद महासंघ गठन गरेको हो ।
युवा, विद्यार्थी तथा खेलकूद विभाग प्रमुख विन्देश्वर यादव ‘विक्की’ को अध्यक्षतामा बसेको बैठकले महासंघको उपाध्यक्षमा दिनेश महतो, महासचिवमा राजेश गुप्ता र सचिवमा दिपेन्द्र गोइत चयन गरेको छ ।
यसैगरी, सन्तोष दास, जितेन्द्र यादव, रविन्द्र श्रेष्ठ, कृति साह, विक्रम पौडेल, सनोजराज बैद्य, मृगेन्द्र विक्रम साह, अनिल यादव, धर्मदेव साह, रोमा राई, कर्मा महर्जन र दिपेन्द्र कुमार यादव महासंघको सदस्यमा चयन भएका छन् ।
अर्को बैठकले बाकी पदाधिकारी र सदस्यहरुको चयन गर्ने महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर