Advertisement
☰

कोरोना सङ्क्रमितको उपचारमा खटिएका थप दुई डाक्टरको सङ्क्रमणबाट ज्यान गयो

न्युजडेस्क
२०७७ मंसिर १, सोमबार १८:३७

काठमाण्डौ – कोरोना सङ्क्रमितको उपचारमा खटिएका थप दुई जना डाक्टरहरुको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । 

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इसान हस्पिटलका अध्यक्ष नारायणबहादुर थापाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

कोरोना सङ्क्रमित भएका डा. झाको सोमबार बिहान र डा. थापाको आइतबार राति ज्यान गएको भन्दै मन्त्रालयले उहाँहरुको निधनबाट देशलाई ठूलो क्षति पुगेको बताएको छ । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर