Advertisement

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

न्युजडेस्क
२०८२ पुष २७, आईतवार २२:२३

जनकपुरधाम, पुष २७ गते। मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले देश तथा प्रदेशको शैक्षिक अवस्था सुधारमा निजी व्यवसायिक विद्यालयहरूको पनि महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ।

धनुषा प्याब्सनको दोस्रो जिल्ला परिषद् भेलाको समुद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै सभामुख यादवले शिक्षा नै समृद्धिको प्रवेशद्वार भएको उल्लेख गर्दै राज्यले शिक्षा सुधारका योजनालाई विशेष प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

धनुषा प्याब्सनका अध्यक्ष नबल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सन्त कबिर बाल आश्रमका संस्थापक समाजसेवी सन्त सत्यनारायण आलोक, प्याब्सनका प्रदेश सचिव विष्णु न्यौपाने, शिक्षा समन्वय समिति धनुषाका अध्यक्ष चेतनाथ पोख्रेल, विश्वलाल सिंह, डीजे चौधरी लगायतका वक्ताहरूले निजी व्यवसायिक विद्यालयहरूले शैक्षिक गुणस्तर अभिवृद्धिमा खेलेको भूमिकाबारे आ–आफ्ना विचार व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर