Advertisement

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

न्युजडेस्क
२०८३ जेष्ठ ७, बिहीबार १५:५६

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मा समाहित भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहितको संयुक्त मधेश प्रदेश संसदीय दलको नेतामा सरोज कुमार यादव (बारा) सर्वसम्मत चयन भएका छन्।
बुधबार र बिहीबार दुई दिनसम्म बसेको बैठकले बिहीबार यादवलाई संसदीय दलको नेतामा चयन गरेको हो। मधेश प्रदेश सभा संसदीय दलको कार्यालयमा बसेको बैठकले निर्णय गरेको प्रदेश सभा एक सदस्यले जानकारी दिए।
जसपा नेपालको १८ र लोसपाका ८ गरी मधेश प्रदेश सभामा हाल संयुक्त रूपमा २६ जना प्रदेश सभा सदस्य रहेका छन्।
आजको बैठकले पुर्व मुख्यमन्त्री समेत रहेका यादवलाई सहमतिकओ आधारम दलको नेता चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर