Advertisement
☰

बढेको भाडा फिर्ता लिन १३ विद्यार्थी संगठनको माग

न्युजडेस्क
२०७७ आश्विन ८, बिहीबार १३:४७

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायत १३ विद्यार्थी संगठनले सरकारले बढाएको ५० प्रतिशत भाडा वृद्धि खारेज गर्न माग गरेका छन्।

लामो तथा छोटो दूरीका सवारी साधनमा आधा मात्रै यात्रु राखेर ५० प्रतिशत भाडा वृद्धि गरिएकोमा बढाइएको भाडा खारेज गर्न उनीहरूले माग गरेका हुन्।

संयुक्त विद्यार्थी संगठनका तर्फबाट भौतिक, पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई सात दिने अल्टिमेटमसहित मागपत्र बुझाएको पनि उनीहरूको भनाइ छ।

उनीहरूले हवाइजहाजमा पूर्ण क्षमतामा यात्रु राख्न दिएको तर सार्वजनिक बसहरूमा आधा मात्रै यात्रु चढाउने निर्णय अपरिपक्व र अव्यवहारिक भएको बताएका छन्।

विद्यार्थीले ५० प्रतिशत बढेको भाडा तिर्न नसक्ने उनीहरूको भनाइ छ। बढाइएको भाडा खारेज गर्दै विद्यार्थीलाई सहुलियत दिन पनि १३ विद्यार्थी संगठनले माग गरेका हुन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर