सप्तरी । काँग्रेस र कम्युनिष्टका सरकारले पटक पटक जनादेश पाए तर उपलब्धि शुन्य भएको हुनाले अहिले जनता समाजवादी पार्टी वैकल्पिक शक्तिको रुपमा उदय भएको जसपा नेता राजेन्द्र महतोले बताएका छन । उनले नेकपा र काङ्ग्रेस म्याद गुज्रेको पार्टी भएको कारणले, आफुहरु माथि राष्ट्र बनाउन थप जिम्मेवारी आएको जिकिर गरे ।
नेता महतोले मुलुकमा तेश्रो विकल्पको रुपमा राजनीतिक पार्टीको आवश्यकता रहदै आएको ले नै आफुहरु ले ऐतिहासिक एकताको सुत्रमा बाँधिएको दावी गरे ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुलामा मंगलबार पार्टीका नेता स्व. धर्मनारायण रायको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
महतोको अनुसार समृद्ध राष्ट्र निर्माणको लागि संविधान संशोधन अपरिहार्य रहेकोले आफूहरु त्यसैका लागि संघर्षरत रहेको प्रष्ट पारे । संविधान सबैको सर्वस्वीकार्य बन्नलाई जनताको समस्या पहिले समाधान हुनु जरुरी रहेको भन्दै उनले आफूहरु मधेशदेखी पहाडसम्मका सिमान्कृत जनताको आवाज मुखरित हुने गरि संविधान संशोधनमा डटेर लाग्ने प्रतिबद्धता जनाए ।
जसपाका स्थानिय नेता जागेश्वर रायको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभालाई जसपाका अर्का नेता अनिल झा, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, केशव झा, मृगेन्द्र कुमार सिंह यादव, मनिष कुमार सुमन, सूर्यनाथ यादव, शम्भु झा, सतिश सिंह, दयानन्द गोइतले पनि सम्बोधन गरेका थिए । सभामा संघीय सांसद चन्द्रकान्त चौधरीका साथै, गजेन्द्र कुमार मण्डल, दिपेन्द्र चौधरी, डा. टेक नारायण मण्डल, अमरनाथ मण्डल, मिभराज यादव लगायत जसपका नेताका साथै ठूलो संख्यामा सर्वसाधारण सहभागि रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्