Advertisement
☰

चुरे तथा वन जंगल संरक्षण अभियानीहरु बसे आमरण अनशनको समर्थन जनाउँदै सांसद यादव

न्युजडेस्क
२०७८ श्रावण २९, शुक्रबार ०:००

जनकपुरधाम / चुरे तथा वन जंगल संरक्षण अभियानीहरु आजदेखि आमरण अनशनमा बसेका छन् । सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न पाँचबुँदे माग राख्दै अभियानीहरु जनकपुरधामस्थित जनकचोकमा आमरण अनशनमा बसेका हुन् ।

मधेसको लाइफलाइनको रुपमा रहेको चुरे तथा वनजंगलको अहिले केही निहित सोच भएका व्यक्ति तथा माफियाका कारण दिन–प्रतिदिन चुरे दोहन हुँदै गइरहेको अभियानका धनुषा संयोजक अमन यादवले बताए । चुरे विनाशकै कारण मधेसमा पानीको जलस्तर समेत घट्दै गइरहेको अवस्थामा चुरे विनाश हुनबाट बचाउनु सबैको कर्तव्य रहेको उनीहरुको भनाइ छ ।

अनसनमा प्रदेश सांसद रामअशिष यादवले समेत समर्थन जनाएका छन् । चुरे आक्रमण प्रती राज्यले ध्यान दिएन । चुरे जङ्गल दिन प्रती दिन लोप हुँदै छ। चुरे अभियन्तामाथी लगाईको मुद्दा प्रती राज्यलाई छिटो भन्दा छिटो ध्यान दिनुपर्छ भने कुरामा जोरदिनु भएको थियो।

चुरे अभियन्तामाथि लगाइएको झुटा मुद्दा खारेज हुनुपर्ने, वन नियमावली २०५१ को दफा २२ लाई मिचेर डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुभाष दासले आर्थिक कार्यक्रम सञ्चालन गरेको र सो कुन आधारमा गरेको हो त्यसको छानबिन हुनुपर्ने, गत आर्थिक वर्षमा डिभिजन वन कार्यालय सिरहाले कोटेसनमार्फत खरिद गरेको फलफूल बिरुवा खरिदमा गरेको अनियमितताको छानबिन हुनुपर्ने र आर्थिक वर्ष २०७६–७७ र २०७७–७८ मा डिभिजन वन कार्यालय सिरहाले गरेको कार्यमाथि छानबिन हुनुपर्नेलगायतका माग राख्दै उनीहरुले आमरण अनशन सुरु गरेका छन् ।

यसअघि पनि प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै पटक–पटक ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आफूहरु आमरण अनशनमा बसेको चुरे तथा वन जंगल संरक्षण अभियानका केन्द्रीय सहसंयोजक रानी रायले बताइन् । अभियानका केन्द्रीय सह–संयोजक रानी राय र धनुषा संयोजक अमन यादव अनशनमा बसेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर