Advertisement

हंसपुर नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र भवनको मेयर मण्डलले गरे शिलान्यास

न्युजडेस्क
२०७८ कार्तिक १२, शुक्रबार २१:५८

जनकपुरधाम, कार्तिक १२ गते । हंसपुर नगरपालिका अन्तरर्गत वडा नं ८ स्थित रामनगरामा नागरिक आरोग्य सेवा केन्द्र भवनको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर मंडलले शिलान्यास गरेको हो । नागरिक आरोग्य सेवा केन्द्रबाट यस क्षेत्रका जनतालाई सेवा दिने उद्देश्यले आज आरोग्य सेवा केन्द्रको शिलान्यास गरेकोमा स्थानीयहरुले मेयर मंडल धन्यवाद सहित प्रशंसा समेत गरेका छन् ।

कार्यक्रमको जिवछ मंडलको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रिय सभापति बेचन मंडल भूपू क्षेत्रिय सभापति रामकृष्ण मंडल लगायत विभिन्न पार्टीका नेताहरुले मेयर मंडलले आज एतिहासिक कार्य गरेको भन्दै खुलेर प्रशंसा गरेका हुन । उनीहरुले ऐतिहासिक दिनमा ऐतिहासिक, दीर्घकालिन विकास निर्माणका कार्य मेयर मंडलले अगामी दिनमा पनि यस्तै कार्य गर्ने छ भने विश्वास व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा वडा नं ३ उदय सिंह, नगर संयोजक लालबाबु यादव, नेपाली कांग्रेसका सवर्ण मंडल, हंसपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव अधिधकारी, आयुर्वेद शाखा हंसपुर प्रमुख राम छविला यादव लगायतको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा पाँच ओटा जडिबुटीको विरुवा पनि वितरण गरेका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर