जनकपुरधाम / सामाजिक विकास मन्त्री नवल किशोर साहले एक समारोहका विच नव निर्मित प्रसूति केन्द्र कनकपटी को समुदघाटन गर्नु भएको छ।
सो अवसरमा मन्त्री साहले शिक्षा र स्वास्थ्य क्षेत्र को सुधार का लागि प्रदेश सरकार ले प्रयास गरि रहेको कुरा बताउनुभएको छ।
सो अवसरमा कार्यक्रम का विशिष्ट अतिथि प्रदेश सांसद राम अशिष यादव ले शिक्षा र स्वास्थ्य क्षेत्र को विकास बिना प्रदेश र देशको समृद्धि हुन नसक्ने कुरा मा जोड दिनुभयो।
कार्यक्रम का विशिष्ट अतिथि प्रदेश सरकार का नीति आयोग का उपाध्यक्ष प्रा डा भोगेन्द्र झाले प्रसूति केन्द्र को निर्माण ले यस वार्ड को बासीहरुलाई प्रत्यक्ष लाभ हुने कुरा बताउनुभएको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ का वार्ड अध्यक्ष परमेश्वर यादव को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनकपुरधाम का नगर प्रमुख लाल किसोर साह, जसपा जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह, वार्ड नं १८ के वार्ड अध्यक्ष राम शंकर पासवान, स्वास्थ्य चौकी प्रमुख सुबोध कुमार यादब , जसपा नेता तेजनारायण यादव सहित का वक्ता हरुले स्वास्थ्य क्षेत्र को सुधार विषयमा विचार व्यक्त गरेका छन्।
प्रदेश सरकार, समाजिक विकास मन्त्रालयको सहयोगमा २५ लाख रुपैयाँ को लागत प्रसूति केन्द्र को निर्माण भएको कुरा बताएका छन्।













