Advertisement

बहुरूपिया बाट सचेत रहन उपाध्यक्ष यादवको अपील

न्युजडेस्क
२०७८ कार्तिक १३, शनिबार १९:५३

जनकपुरधाम : बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र कुमार यादवले बहुरुपियाहरुवाट सचेत रहन अपिल गर्नु भएको छ ।

बौद्धिक पेशाकर्मी महासंघ धनुषाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उपाध्यक्ष यादवले मधेश जनविद्रोह लगायतका पहिचानवादी आन्दोलनहरुवाट प्राप्त उपलब्धीहरुलाई समाप्त गर्न बहुरुपियाहरु विभिन्न भेषमा मधेशमा परिचालित भएको भन्दै त्यस्ता बहुरुपियाहरु वाट सचेत हुनु पर्ने बताउनु भयो ।

जनमत र लोसपा प्रति इन्डिङ्ग गर्दै उपाध्यक्ष यादवले मधेश विद्रोहको बेला आन्दोलनका विपक्षमा रहेकाहरुले त्यहीआन्दोलनको दुहाई दिदै प्राप्त उपलब्धिहरुलाई समाप्त गर्न तल्लिन रहेको आरोप लगाउनु भयो ।

बौद्धिक पेशाकर्मी महासंघका प्रदेश सदस्य अमरेन्द्र झाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य रामआशिष यादव, केन्द्रीय सदस्य डा.रामस्वार्थ राय, बेचन मुखिया, प्रदेश सदस्य शेषनारायण यादव,प्रेश मंचका उपाध्यक्ष आतिश मिश्रा लगायतका वक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर