Advertisement

आत्म निर्भर महिला एक अभियान: प्रदेश सांसद यादव

न्युजडेस्क
२०७८ कार्तिक १३, शनिबार २१:५६

जनकपुरधाम,कार्तिक १३ गते। जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले देश र प्रदेशको आर्थिक समृद्धि र आर्थिक विकासका लागि महिलाहरु आत्म निर्भर हुनुपर्ने आवश्यकता रहेको कुरा बताउनुभएको छ।

रुलर डेभलपमेन्ट और्गेनाईजेशन को अायोजना मा सम्पन्न सिलाई कटाई तालिम को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद यादवले आत्म निर्भर महिला अभियान ले ग्रामीण क्षेत्रका महिलाहरू लाभान्वित भैरहेको कुरा बताउनुभएको छ।

संस्थाका अध्यक्ष समाजसेवी राम दास यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी डा जागेश्वर यादव, जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह, जसपा नगर अध्यक्ष दिनेश प्रसाद यादव, विश्व नाथ गुप्ता,वेचन यादव,छुतहर यादव र सत्येन्द्र चोरबार सहित का वक्ता हरुले बोल्नु भएको थियो।

तिन महिना सिलाई कटाई तालिम मा चोरा कोयलपुर गाउँ का ३० जना महिला हरू को सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर