जनकपुरधाम असोज २९ गते। सुख, शान्ति,समृद्धि र वैभव का साथै अधर्म माथि धर्मको जीत प्रतिकको रूपमा रहेको विजयादशमी पर्वको शुभ अवसरमा प्रदेश सांसद रामअशिष यादवले माता दूर्गा भवानीको मन्दिर मा दर्शन गरेका छन्।
धनुषा निर्वाचन क्षेत्र नं को हंसपुर नगरपालिका वार्ड नं ४ स्थित मधुकरही,नरैहियाको प्रसिद्ध दुर्गा मन्दिरमा पुजा पाठ गरेका छन्। सो अवसरमा प्रदेश सांसद यादवले नरैहिया दुर्गा मन्दिर मा एक दशक देखि माटो को आकर्षक दुर्गा माता सहित का सुन्दर मुर्ति बनाउने महुवा गाम निवासी मुर्तिकार विजय मंडल लाई सम्मान गरेका छन्।
सो अवसरमा जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष पशुपति यादव, स्वतन्त्रता सेनानी निर्गुण यादव प्रतिष्ठानका अध्यक्ष,संघर्षशील नेता साहित्य नन्द यादव, उपाध्यक्ष अम्भु प्रसाद साह सहित स्थानीय नेताहरुको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्