जनकपुरधाम, भदौ १९ : प्रदेश २ का मन्त्रीहरु औपचारिकता र नियम भन्दा पनि व्यवहारिक बन्दै गएको प्रमाण हो माथिल्लो तस्वीर ।
प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव आवासमा पुगेका बिश्व हिन्दु परिषदको प्रतिनिधीहरु संग तल गम्छा बेरेको र माथी गन्जी लगाएकै अवस्थामा ज्ञापन पत्र बुझदै गरेको र तस्वीर समेत खिचाइरहेको पोज समेत दिएको यो तस्वीर प्रदेश २ का मन्त्री कति व्यवहारिक छ भन्ने कुरा प्रमाणित गरिरहेको छ ।
मन्त्रीलाई म के गरिरहेको छु र यो तस्वीरले के असर गर्छ भन्ने कुरासंग पनि कुनै मतलव नरहेको यस्ले स्पष्ट गर्दछ । कार्यालय होस या आवास मन्त्री कुनै व्यक्ति भन्दा पनि पद र संस्था हो । झन संघ संस्थाको ज्ञापन पत्र बुझिरहँदा त सवै कुरामा ध्यान दिनु पर्ने बुद्विजिवीको भनाई छ ।
कुनैपनि संस्था वा व्यक्तिले ज्ञापन पत्र बुझाउन औपचारिक रुपमै समय र अनुमती लिएको हुन्छ तिनिहरुले कुनै व्यक्ति भन्दा पनि मन्त्री पदलाई ज्ञापन पत्र बुझाउने हुनाले त्यसको गरिमा बचाउन ज्ञापन पत्र दिने र लिने दुवै पक्षको कर्तब्य हुन आउँछ ।
प्रतिक्रिया दिनुहोस्