Advertisement

कमला नगरपालिका : नेपाली कांग्रेस नगर अधिवेशनमा यादव विजयी

न्युजडेस्क
२०७८ मंसिर ७, मंगलवार २०:५१

सन्तोष कुमार यादव

जनकपुरधाम । नेपाली काङ्ग्रेस को १४ औ महाधिवेशन कमला नगरपालिकामा नगर सभापतिमा शिव शंकर यादव निर्वाचित हुनुभएको छ। उनले १३औं महाधिवेशनमा पनि कमला नगरपालिकाको नगर सभापतिको कमान्ड सम्हालेका थिए। उनले ५९ मत प्राप्त गरी विजयी हुनुभएको छ।

नगर कार्यसमितिको सभापति उम्मेदवारमा मत प्राप्त यसप्रकारको छ चन्देश्वर यादव (५०), त्रिपित भुडेर यादव (२३) र शिव शंकर यादव (५९) प्राप्त गरी विजयी हुनुभएको छ।
नगर कार्यसमिति उपसभापति पदमा कुशेश्वर मरिकले १०६ मत प्राप्त गरी विजयी भएका छ। उपसभापति पदमा उम्मेदवारी दिएका नेहरू मण्डलले ७१ र महादेव यादव ८१ मत प्राप्त गरेको छन्।
नगर ‌अधिवेशन सचिव पदमा त्रिभुवन यादवले ९१ मत ल्याएर विजयी हुनुभएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर