Advertisement

एमाले महाधिवेशनको उद्घाटन समारोहमा उपेन्द्र यादव सहभागी हुने

न्युजडेस्क
२०७८ मंसिर ९, बिहीबार १७:१३

चितवन, मंसिर ९ गते । चितवनको नारायणी नदी किनारमा शुक्रवारदेखि हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समरोहमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुने भएका छन् ।

उद्घाटन समारोहमा जसपा अध्यक्ष यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि आउने जानकारी जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा उद्घाटन सत्रमा शुभकामना मन्त्वय दिने तय भएको छ ।

यस्तै भारतीय जनता पार्टीका (भाजपा)का दुई जना नेता समेत महाधिवेशद उद्घाटन समारोहमा आउने भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निम्तोलाई स्वीकार गर्दै भाजपाका पूर्वकेन्द्रीय मन्त्री डा. हर्ष वर्धन र भाजपाका राष्ट्रिय सचिव हरिश द्विवेदी नेपाल आउन लागेको एमालेले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर