कञ्चनपुर । कञ्चनपुरमा नेपाली कांग्रेस निकट शिक्षक संघ र प्रहरीबीच झडप भएको छ।
शिक्षक दरवन्दी मिलानको विषयलाई लिएर भएको झडपमा परेर दुवैतर्फका १५ जनाभन्दा बढी घाइते भएका छन् । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको थियो।
प्रहरीले ताला खोलेपछि झडप भएको हो। स्थिति नियन्त्रणमा लिन पाँच सेल अश्रु ग्यास प्रहार गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।


तपाईको प्रतिक्रिया !