Advertisement

उपेन्द्र नेतृत्वको जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन

न्युजडेस्क
२०८१ बैशाख ३१, सोमबार १७:२२

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा)नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि समर्थन फिर्ता लिएका हुन्।सभामुख देवराज घिमिरेलाई सोमबार पत्र पठाउँदै अध्यक्ष यादवले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरेका छन्।
साथै आफूहरू सरकारबाट पनि बाहिरिएको उनको भनाइ छ। यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए भने पार्टीका सांसद दीपक कार्की वन राज्यमन्त्री थिए।उनीहरूले सोमबार नै पदबाट राजीनामा दिएका थिए। अध्यक्ष यादवले आफूहरू अब प्रतिपक्षमा बस्ने उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर