Advertisement

मन्त्री साहले गरे विद्यालयको कम्प्युटर ल्यावको उदधाटन

न्युजडेस्क
२०७८ माघ १४, शुक्रबार १४:१४

महोत्तरी, माध १४ गते । मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले महोतरी जिल्लाको महोतरी गाउपालिकाको श्री रा.स.स.मा.वि.मा निर्मित कम्प्युटर ल्यावको समुदधाटन गरेका छन।

सामाजिक विकास मन्त्रालयको सहयोगमा निर्मित तथा स्थापित उक्त ल्यावको उद्धाटन गर्नुहुदै मन्त्री साहले अाजको युग प्राबिधिक युग भएकोले उद्धाटित कम्प्युटर ल्यावले कुशल र सबल जनशक्ति उत्पादनमा सहयोग पुग्ने वताए ।
मधेश प्रदेश सरकार,सामाजिक विकास मन्त्रालयद्वारा हरेक प्रदेश सभा निर्वाचन क्षेत्रमा एउटा प्राबिधिक विद्यालय स्थापना तथा संचालन गर्ने अभियान अन्तर्गत उक्त विद्यालयमा प्राबिधिक कक्षा समेत संचालनमा अाउने भएका छन।

विद्यालयका प्र.अ.जयचन्द्र ठाकुरको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रमको विशिष्ट अातिथ्यमा अतिथिहरुमा महोतरी गा.पा. अध्यक्ष सुनिल कुमार राय, सहिद पिता ईन्दु यादव लगायतको उपस्थित रहेको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर