Advertisement

मुख्यमन्त्री राउतद्वारा चारकोठे बिधालय भवनको शिलान्यास

न्युजडेस्क
२०७८ फाल्गुन ९, सोमबार १६:२८

जनकपुरधाम, फाल्गुन ९ गते । मधेश प्रदेश सरकारले घोषण गरेको एक जिल्ला एक नमुना विधालय अन्तर्गत पर्सा जिल्लाको पुरानो र ऐतिहासिक त्रि-जुद्ध उच्च मा.वि. बिरगंज छनौट भएको हुनाले चार कोठे भवन निमार्ण तथा खेलकुद मैदान निमार्ण कार्य गर्न आज एक कार्यक्रमका बीच मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गर्नुभएको छ।

मन्तब्यको क्रममा प्रदेश सरकार बाट निणर्य भएको विरगंज प्राविधि विश्वविधालय त्रि- जुद्ध विधालय मै स्थापना गरी कार्यालय लगायतका अन्य कार्यक्रमहरु संचालन गर्ने बताउनु भयो।

लगभग प्रथम चरण मा ८-१० करोड बजेट विनियोजन गरी प्राविधिक विश्वविधालय को कार्यक्रमहरु यसै बर्ष देखी संचालन हुनेछ। कार्यक्रममा विरगंज शिक्षा महाशाखा प्रमुख अरबिन्द लाल कर्ण,वडा नं ४ का वडा अध्यक्ष जगत साह कानु, प्र.अ. हरेन्द्र प्रसाद कुर्मि, प्राध्यापक बिजय यादव लगायतका उपस्थिती रहेको थियो।

साथै नमुना विधालय को निमार्ण कार्य तथा प्राविधिक रेखदेख सामाजिक विकास मन्त्रालय, सामाजिक विकास इकाई विरगंज बाट हुनेछ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर