Advertisement

जनकपुरधामको सोहनीमा हैण्ड ईम्ब्रोईडरी तालिम सम्पन्न तथा प्रमाणपत्र वितरण

न्युजडेस्क
२०७९ जेष्ठ १८, बुधबार १७:१९

जनकपुरधाम, जेठ १८ गते ।

जनकपुरधाम उप–महानगरपालिकामा सोहनी टोलमा हैण्ड ईम्ब्रोईडरी तालिम सम्पन्न तथा प्रमाणपत्र वितरण गरिएको छ ।

उप–महानगरपालिकाको वार्ड नं. १४ स्थित सोहनीमा ७ गते देखि सुरु भएको तालिम १९ गते सम्पन्न हुदा २ दिन महिलाहरुको लागि विदा दिइएको थियो ।

हैण्ड ईम्ब्रोईडरी १० दिने तालीम कार्यक्रम सञ्चालन गरिएको थियो ।

लैङ्िगक हिंसाको अन्त्यका लागि ७ गते बाट सोहनी टोलका बीस जना महिलाहरुलाई १० दिन हैण्ड ईम्ब्रोईडरी लहंगा, चुनरी साडीमा बुट्टा सम्बन्धि तालिम सुरु गरिएको थियो।

नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सहयोगमा समन्वय जनकपुरधाम उप–महानगरपालिका आयोजक समुदायिक सेवा सस्था धनुषाको आयोजनामा तथा प्रमाण पत्र वितरण कार्यक्रमको अध्यक्षता बद्री नरायण ठाकुरले प्रमाण पत्र बाडी तालिम कार्यक्रम सम्पन्न गरेको थियो ।

सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका – १४ का वडा अध्यक्ष पुन्य प्रताप यादव, वडा सदस्य जिबछ दास आयोजक समुदायिक सेवा समिती संस्थाका अध्यक्ष बद्री नरायण ठाकुर, लगायतको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर