Advertisement

ओलीले गरेको असंबैधानिक कामलाई राष्ट्रपतिले साथ दिनु दुर्भाग्य : गगन थापा

न्युजडेस्क
२०७८ बैशाख २२, बुधबार १३:०६

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर अध्यादेश ल्याउनु अराजनीतिक रहेको जारी अध्यादेशप्रति आपत्ति जनएका छन् ।

नेता थापाले संविधानविपरीत हुने गरी सरकारले अध्यादेश ल्याएको भन्दै राष्ट्रपतिले ओलीलाई साथ दिनु दुर्भाग्य भएको टिप्पणी गरे ।
नेता थापाले भने, ‘विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक छ,संविधानको मर्म विपरित छ। राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो।’थापाले अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गर्न सरकारसँग माग गरेका छन् ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी लगायत ७ वटा अध्यादेश जारी गरेकी थिइन ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पनि विज्ञप्ति निकाल्दै अध्यादेशबाट सत्ता चलाउन खोजेको भन्दै कडा आपत्ती जनाएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर