Advertisement

जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव आज परिवारलाई जिम्मा लगाइने

न्युजडेस्क
२०७९ जेष्ठ १९, बिहीबार ११:२७

काठमाण्डाै – तारा एअरको जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव आज परिवार तथा आफन्तलाई हस्तान्तरण गरिने भएको छ ।

गएको आइतवार पोखराबाट मुस्ताङको जोमसोम उडेको तारा एअरको ट्विनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका थिए । सबै शवको पोस्टमार्टम गर्ने काम सकिएको छ ।

त्रिवि शिक्षण  अस्पताल महाराजगञ्जबाट  आज  मृतकका  परिवारलाई  शव हस्तान्तरण गरिने भएको छ । दुर्घटनामा ज्यान गुमाएका चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको शव सोमवार र मङ्गलवार दुई चरणमा  नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको थियो।

दुर्घटना भएको जहाजको खोजीकार्य तथा शव सङ्कलनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली खटिएका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर