Advertisement

प्रदेश सांसद यादवद्वारा सामुदायिक विधालयलाई कम्प्युटर हस्तान्तरण

न्युजडेस्क
२०७९ जेष्ठ २६, बिहीबार १७:३०

जनकपुरधाम, जेष्ठ २६ गते। दक्ष शैक्षिक जनशक्ति मधेश प्रदेश का मुख्य आधार स्तम्भ रहेको मुल मन्त्रलाई आत्मसाथ गर्दै प्रदेश सांसद रामअशिष यादवले शिक्षा सुधार अभियान अन्तर्गत सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ।

प्रदेश सांसद यादव को संसदीय कोषबाट शिक्षा सुधार अभियान कार्यक्रम अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ स्थित श्री निम्न माध्यमिक विद्यालय तेतरियालाई दुई थान कम्प्युटर र एक थान डिजिटल ई – लाइब्रेरी सर्बर बक्स हस्तान्तरण गरिएको छ।

सो बिधालयका प्राधानाध्यापक, शिक्षक र केही बिधार्थीहरुलाई डिजिटल ई – लाइब्रेरी प्रयोग गर्न का लागि ३ दिने प्रशिक्षण कार्यक्रम को आयोजना गरिएको छ।

बिधालय का प्राधानाध्यापक राम सुन्दर कामती को अध्यक्षता मा सम्पन्न कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव, शिक्षा सुधार अभियान का दूत अम्भु प्रसाद साह,रिलेटिभ नेपाल का संयोजक जयप्रकाश मंडल सहित का वक्ता हरुले शिक्षा सुधार अभियान का विषयमा विचार व्यक्त गरेका छन्।

रिलेटिभ नेपाल को संयोजनमा भैरहेको डिजिटल ई – लाइब्रेरी संचालन का लागि प्रशिक्षित प्राविधिकहरु विष्णु यादव,भारत मंडल र सरोज परियार ले विधालयका प्राधानाध्यापक, शिक्षक र विद्यार्थीहरुलाई प्रशिक्षण दिइ रहेका छन्।
शिक्षा सुधार अभियान अन्तर्गत प्रदेश सांसद यादवले गरेको परिकल्पना अनुसार सामुदायिक विद्यालय को भौतिक पूर्वाधार विकास, शिक्षक प्रशिक्षण, वातावरण मैत्री बिधालय सहित का कार्यहरु धनुषा निर्वाचन क्षेत्र नं का सामुदायिक विद्यालयहरु भैरहेको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर