Advertisement

विवाहपञ्चमी मेला हेरेर घर फर्किरहेका यादवमाथि छुरा प्रहार 

न्युजडेस्क
२०७८ मंसिर २३, बिहीबार २०:०१

जनकपुरधाम । महोत्तरीमा छुरा प्रहारबाट एकजना तीर्थालु गम्भीर घाइते भएका छन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिका ९ गोठबनौली निवासी ३० वर्षिय बलराम रायमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट उनी गम्भीर घाइते भएका छन् ।

जनकपुरमा आयोजित सीताराम विवाहपञ्चमी मेला हेरेर घर फर्किने क्रममा बुधवार राति रायमाथि लोहारपटटी नगरपालिका २ मध्यपुरा स्थित विग्ही पुलमा अज्ञात ब्यक्तिले छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट गम्भीर घाइते यादवको उपचारको लागि तत्कालै जनकपुर स्थित जानकी हेल्थ केयरमा उपचारको लागि भर्ना गरिएको थियो ।
यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं स्थित टिचिंग अस्पताल काठमाडौं लगिएको छ ।

अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा रायको पेट चिरिएको हो । हाल उनको अवस्था गम्भीर रहेको महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले बताए । रायमाथि छुरा कसले किन प्रहार गरेको भन्ने खुलेको छैन । घटना विषयमा अनुसन्धान भइरहेको एसपी आचार्यले बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर