Advertisement

प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सतार अन्सारी नियुक्त

न्युजडेस्क
२०७८ पुष २८, बुधबार १५:२३

जनकपुरधाम। प्रदेश २ सरकारको केबिनेटले सर्लाहीका सतार अन्सारीलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सतार अन्सारी लाई नियुक्त गरेको छ ।

प्रदेश अनुसंधान तथा प्रशिक्षण केन्द्रको कार्यालय मुजेलियामा स्थापना गरिएको छ ।यश निर्देशनालयमा प्रदेशका जन प्रतिनिधि देखि यहाका कर्मचारी समेतलाई प्रशिक्षण दिनुको साथै प्रदेशको क्षमताको अनुसंधान र अभिबृधी गर्ने छ।यो निर्देशनालय मुख्यमन्त्री कार्यालयको मातहतमा रहने छ ।

सर्लाही निवासी सतार अन्सारी यु एनमा कामको अनुभव गरिसकेका छन भने बिगतमा फ्री लेन्सर भएर काम गर्दै थिए।बिगतमा संघ सरकारको मातहतमा रहेको ग्रामिण बिकास प्रशिक्षण केन्द्र प्रदेश २ को पहलबाट मात्रै प्रदेशको मातहतमा आएसंङ्गै सात ओटै प्रदेशमा प्रदेश मातहतमा आएको हो ।

यसले संघीयताको जग बलियो बनाउने प्रष्ट सन्केत गरेको छ। बिगतको पन्चायत कालमा स्थापना भएको पन्चायत प्रशिक्षण केन्द्रको रुपमा संचालित यो कार्यालय केन्द्र सरकारको मातहतमा हुदा कृयाकलाप बिहिन रहेको थियो भने अब उपरान्त यो कार्यालयले प्रदेश बिकासमा अहम भुमिका खेल्ने बिश्वास प्रदेश सरकारका प्रबक्ताले ब्यक्त गरेका छन।यश पदको लागि ३ जना प्रतिस्पर्धीहरु सिफारिस भएका थिए ।जसमा सर्लाहीका सतार अन्सारी ,सप्तरीका रोहित कुमार यादव र रौतहटका गौरीशंकर साह मध्ये बाट सतार अन्सारी सबैभन्दा बढी अनुभवी रहेको आधारमा नियुक्त गरिएका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर