Advertisement

धनुषा ३ बाट पूजिवाद र विरासतबादको राजनीति अन्त्य हुने ः जितेन्द्र यादव

न्युजडेस्क
२०७८ मंसिर २५, शनिबार १६:०८

जनता समाजवादी पार्टीका प्रखर नेता जितेन्द्र कुमार यादवले धनुषा निर्वाचन क्षेत्र ३ बाट पूजिवाद र विरासत बादको राजनीति अन्त्य हुने बताउनु भएको छ।

धनुषाको धनौजीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता यादवले नीति छोडि सकेको विरासतवाद र जनतालाई भेडा बाख्रा बनाउन पूजिवाद लाई जनताले एक साथ परास्त गर्ने उल्लेख गर्नु भयो ।

जनता समाजवादी पार्टी समाजवादको मुद्दालाई लिएर अघि बढेको उल्लेख गर्नु हुँदै नेता यादवले धनुषा क्षेत्र नं. ३का जनता समाजवादी नेतालाई अगाडी बढाउने विश्वास व्यक्त गर्नु भयो ।
संगठन निर्माणमा जुटन स्थानीय नेताहरुलाई अग्रह गर्दै नेता यादवले पार्टीमा कामगर्नेले नै स्थान पाउने विश्वास दिलाउनु भयो ।

अगामी निर्वाचनमा तीनै तहमा जसपा बलियो हुनेमा कुनै दुइमत नरहेको दावी गर्दै नेता यादवले मधेश ििवद्रोहको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्त समेत मधेशी , दलित आदवासी, महिला मुस्लीम लगायतका समुदायले जसपा माथि विश्वास गर्नेमा आफु ढुक्क रहेको बताउनु भयो ।

गाउ पालिका कमिटीका अध्यक्ष रामनाथ ठाकुरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश सभा सदस्य चमेली देवी दास, केन्द्रिय सदस्य बेचन मुखिया,जिल्ला अध्यक्ष पशुपति यादव सहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर