Advertisement
☰

हेलमेटभित्र भेटियो ५ लाख

न्युजडेस्क
२०७९ असार ३१, शुक्रबार १०:४०


सर्लाही । प्रहरीले श्रोत खुल्न नसकेको ५ लाख रुपैयाँसहित एक भारतीयलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको कन्हौली निवासी ३० वर्षीय विजय ठाकुर रहेको प्रहरीले जनाएको छ ।
बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका ठाकुरलाई मलंगवा नगरपालिका ८ बाट पक्राउ गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । ठाकुरले लगाएको हेलमेटको भित्र लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको नेपाली ५ लाख ११ हजार ५ सय र भारु ५ हजार बरामद भएको उनले बताए ।
श्रोत खुल्न नसकेको रकमसहित पक्राउ परेका ठाकुरको बिषयमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर