Advertisement
☰

महोत्तरी: पूर्व मन्त्री कुश्वाहाले गरे सामुदायिक भवनकाे शिलान्यास

न्युजडेस्क
२०८१ बैशाख ७, शुक्रबार २०:५७

महोत्तरी बैशाख, ७ गते । मधेश प्रदेशका सांसद एबम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाहाले महाेतरीकाे रामगाेपालपुर नगरपालिका ७ सहसाैलामा सामुदायिक भवनको शिलान्यास गरिएको हो।

पुर्व राज्य मन्त्री कुशवाहाले स्थानीयहरुलाइ समुदायिक कामकाेलागि सुविधायुक्त भवनको आभाव भइरहेकोले आफ्नो बिशेष पहलमा मधेश प्रदेशका सामाजिक बिकास मन्त्रालयको बजेटबाट भवन निर्माण गराउन लागेको बताए। उक्त भवन २काेठे र २० लाखको लागतमा भवन निर्माण हुन लागेको कुश्वाहाले बताए।
सामुदायिक भवन निर्माण भएपछि आवश्यक्ता अनुसार गरिव जनतालाई अस्थायी बसोबास गर्न तथा सामाजिक संघ-संस्थालाई आफ्ना गतिविधि सञ्चालनमा सहयोग हुने उनले बता। भवन सम्पन्न भएपछी जनताहरुलाइ भवन उपयाेग गर्न सहज समेत हुने छ ।
उक्त शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका नेता राजा राम यादव जसपा नेता राम सहाय मण्डल लगायत अन्य स्थानियहरुकाे उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर