झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा माधवकुमार नेपाल पक्षीय एमालेको समानान्तर जिल्ला कमिटी गठन भएको छ । बेदराज रेग्मीको अध्यक्षमा ३५१ सदस्यीय समानान्तर कमिटिको घोषणा शुक्रबार एमाले बरिष्ठ नेता माधव कुमार नेपाल स्वंयम् झापा पुगेर गर्नु भएको थियो ।रेग्मीको नेतृत्वमा गठन भएको नेपाल पक्षीय एमाले झापाको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिव निलमणि बराल र उपसचिवमा मणि भण्डारी चयन हुनु भएको छ ।
यस अघि १०५ सदस्यीय रहेको एमाले जिल्ला कमिटिलाई बिस्तार गरी ३५१ सदस्यीय कमिटि बनाइएको एमालेका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज रबिन कोइरालाले बताउनु भयो ।
त्यस्तै सोही कार्यक्रममा युवा संघ नेपालको जिल्ला कमिटि समेत घोषणा गरिएको थियो । राजु धिमालको अध्यक्षतामा १५१ सदस्यीय युवा संघ नेपालको नयाँ कार्य समिति गठन गरिएको युवा संघका केन्द्रीय सचिव प्रत्युस रानाले जानकारी दिनु भयो ।
झापमा चिन्तन पाठकको अध्यक्षतामा यस अघि नै ६०१ सदस्यीय ओली पक्षीय एमाले जिल्ला कमिटि गठन भइसकेको छ ।











