Advertisement

प्रदेश सांसद कुश्वाहाद्वारा महोत्तरीको सरपल्लोमा धर्मशालाको शिलान्यास

न्युजडेस्क
२०८१ चैत्र १३, बुधबार १८:१९

महोत्तरी, फाल्गुन १३ गते। जनता समाजवादी पार्टी नेपालको केन्द्रिय सदस्य, प्रदेश सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाद्वारा महोत्तरीको मनरा शिस्वा नगरपालिका वडा नं. ६, सरपल्लोमा धर्मशालाको शिलान्यास गरेको छ।

सो अवसरमा नेकपा एमालेको जिल्ला समन्वय समिति सदस्य कौशल किशोर साह, जसपा नेपालको जिल्ला कार्यकारणी सदस्य रविन्द्र महतो, जसपा नगर सदस्य दिपेन्द्र ठाकुर, जसपा वडा कमिटी अध्यक्ष रामबाबु सिंह लगायत अन्य नेतागण, नागरिक समाज र युवाहरुको उपस्थितिमा समारोह सम्पन्न भएको थियो।

धर्मशालाले धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिकोणले महत्त्वपूर्ण भूमिका खेल्ने धर्मशालाको शिलान्यास गरेको प्रमुख अतिथी कुशवाहाले बताउनु भयो।
उक्त शिलान्यास कार्यक्रममा स्थानिय बासिन्दाहरुमा हर्ष र उल्लासको वातावरण सिर्जना गरेको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर